Skip to content
PodSubs
ShowsPeopleGuestsJobsNewsEvents
More
BlogPodCred
Menu
ShowsPeopleGuestsJobsNewsEventsBlogPodCredNetworksSign in
Join nowSign in
  • Shows
  • People
  • Jobs
  • News
  • More
    • Guests
    • Events
    • Blog
    • PodCred
    • Networks
    Join nowSign in

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट artwork

The hidden cost of gambling: Personal stories highlight harm across families and communities - जुवाको लतका कारण सिड्नीको समुदायमा बढ्दो चिन्ता; के गर्दैछन् सामुदायिक सङ्गठनहरू?

Nov 19, 202630 minAudio
ShareXLinkedInFacebookWhatsAppEmail

Personal stories of gambling harm took centre stage at the Gambling Harm Awareness Forum 2026, organised by the Advanced Diversity Services (ADS), last month in Sydney’s south. - नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेका सिड्नीका केही ठाऊँहरूमा जुवाको लत लागेका व्यक्तिहरूको सङ्ख्या उच्च रहेको विभिन्न तथ्याङ्कहरूले देखाउँदै गर्दा, गत महिना दक्षिणी सिड्नी स्थित् हर्स्टभिलमा बहुसांस्कृतिक समुदायहरूमा जुवा वा ग्याम्बलिङले पार्ने प्रभावबारे छलफल भएको थियो। With statistics pointing to high rates of gambling harm in several Sydney suburbs with significant Nepali communities, service providers and community members previously addicted to gambling met in Hurstville as part of the annual Gambling Awareness Week. According to a 2024 report by the Australian Gambling Research Centre (AGRC), 65 per cent of Australian adults had gambled at least once in the previous 12 months. This was an increase of 8 per cent compared with 2019. It further stated that 27.1 per cent of Aboriginal and Torres Strait Islander adults were at risk of gambling harm, compared with 14.6 per cent of non-Indigenous Australian adults, highlighting a significantly higher level of risk among First Nations communities. At the forum, several speakers, including a Sydney-based artist and gambling reform activist, Nelson Nghe and Timothy Gray, a Gumbayngirr, Wiradjuri, Bidjigal, and Dharawal man, shared their lived experiences of gambling-related harm and their struggles to overcome addiction, while Bhawish Shrestha from the Mates from Himalayas gave a presentation on Nepali speakers in NSW affected by gambling addiction. Listen to our conversation with the gambling survivors. Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves. If this story raises issues for you, phone Lifeline Australia on 13 11 14 or text 0477 13 11 14. SKIP ADVERTISEMEN Readers seeking support for gambling concerns can contact the National Gambling Helpline on 1800 858 858 for free, professional and confidential support 24 hours a day, 7 days a week. More information is available at www.gamblinghelponline.org.au. Subscribe to the SBS Nepali podcast here. #sbsaudiopodcast - अक्टोबर १९ देखि २५ सम्म मनाइएको जुवासम्बन्धि सचेतना सप्ताहको अवसरमा एडभान्स डाइभर्सिटी सर्भिसेस्‌ (एडीएस) द्वारा आयोजित ग्याम्ब्लिङ हार्म अवेरनेस फोरम २०२६ मा सहभागी केही वक्ताहरूले जुवाका कारण आफू र आफ्नो परिवारले भोगेका अनुभव तथा त्यसबाट उत्पन्न भएका चुनौतीहरूबारे आफ्ना व्यक्तिगत कथाहरू सुनाएका थिए। अस्ट्रेलियन ग्याम्बलिङ रिसर्च सेन्टर (एजीआरसी)ले सन् २०२४ मा सार्वजनिक गरेको एक रिपोर्ट अनुसार अस्ट्रेलियामा सन् २०१९ को तुलनामा सन् २०२४ सम्म आइपुग्दा १२ महिने अवधिमा कम्तिमा पनि एक पटक जुवा खेल्ने अस्ट्रेलियावासीको सङ्ख्या ८ प्रतिशतले बढेको देखाएको थियो भने एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्याण्डर समुदायका २७.१ प्रतिशत वयस्क जुवाबाट हुने हानिको जोखिममा रहेको पनि देखाएको थियो। यो अनुपात आदिवासी समुदायबाहेकका अस्ट्रेलियन वयस्कहरूमा देखिएको १४.६ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढी रहेको अध्ययनले देखाएको थियो। कार्यक्रममा सहभागी नेल्सन निले आफ्ना प्रियजनहरू जुवाको लतमा पर्दा बाल्यकालमा आफूले भोग्नुपरेका असरबारे अनुभव सुनाएका थिए। त्यसैगरी, आदिवासी पृष्ठभूमिका टिमोथी ग्रेले जुवाको लतले आफ्नो जीवनमा पारेको प्रभाव र त्यसबाट बाहिर निस्कन शिक्षा तथा सचेतनाले खेलेको भूमिकाबारे प्रकाश पारेका थिए। फोरममा बहुसांस्कृतिक समुदायमा जुवाले निम्त्याउने हानि, त्यसका सामाजिक तथा आर्थिक प्रभाव, र उपलब्ध सहयोग तथा समर्थन सेवाबारे पनि छलफल गरिएको थियो। छलफलमा एडीएसका ऋषि आचार्य र मेट्स फ्रम हिमालयजका भविष श्रेष्ठ सहभागी थिए। उनीहरूसँगको कुराकानी सुन्नुहोस्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। यदि यो सामाग्रीले तपाईंलाई कुनै समस्या वा चिन्ता उत्पन्न गरेको छ भने, लाइफलाइनलाई १३ ११ १४ मा फोन गर्नुहोस् वा ०४७७ १३ ११ १४ मा टेक्स्ट पठाउनुहोस्। जुवासम्बन्धी समस्याका कारण सहयोग खोजिरहेकाहरूले राष्ट्रिय जुवा सहायता हेल्पलाइनलाई १८०० ८५८ ८५८ मा सम्पर्क गर्न सक्नुहुन्छ। यहाँ २४ घण्टा, सातै दिन निःशुल्क, व्यावसायिक र गोप्य सहायता उपलब्ध छ। थप जानकारीका लागि www.gamblinghelponline.org.au मा जानुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लाटफर्महरू युट्युब, फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा। #sbsaudiopodcast

Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

Hosts and Guests

Nobody is credited on this episode yet.

Credit the people on this episode

Be the first to rate this episode

More episodes

All episodes
  1. Hobart reaches for umbrellas, Alice Springs hits 40°C: Sunday, 22 November weather update - होबार्टमा नभिज्न छाता चाहिने, एलिस स्प्रिङ्समा ४० डिग्रीको गर्मी: आइतवार, २२ नोभेम्बरको मौसम

    Nov 21, 20262 minAudio

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney,...

    Credit the people on this episode

  2. पर्थमा झरी र हावाहुरी, एलिस स्प्रिङ्ग्समा ४१: शनिवार, २१ नोभेम्बरको मौसम

    Nov 20, 20262 minAudio

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिस्बेन, टाउन्सभिल,...

    Credit the people on this episode

  3. COP31: Will Nepal get what it wants? - कोप३१: नेपालले खोजेको कुरा पाउला?

    Nov 20, 202618 minAudio

    The United Nations 31st Conference of the Parties (COP31), attended by member states including Australia and Nepal, is set to wrap up in Turkiye. - अस्ट्रेलिया, नेपाल लगायतका सदस्य राष्ट्रहरूको सहभागिता रहेको संयुक्त...

    Credit the people on this episode

  4. ठूला तलब चोरीका दोषीलाई कारबाहीको सम्भावना कम र चीनमा ऐतिहासिक त्रिपक्षीय वार्ता: २० नोभेम्बरका प्रमुख खबरहरू

    Nov 19, 20265 minAudio

    शुक्रबार, २० नोभेम्बर २०२६ का प्रमुख समाचार सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ...

    Credit the people on this episode

  5. Sandpapergate forum: 'Putting Humpty Dumpty back together again' - आठ वर्षपछि फेरि तात्यो ‘स्यान्डपेपर’ विवाद: अब के?

    Nov 19, 202611 minAudio

    Australian Test cricket captain, Pat Cummins has again insisted that, at the time, he had no knowledge of the 2018 ball-tampering plot. - अस्ट्रेलियाका टेस्ट कप्तान प्याट कमिन्सले आफूलाई सन् २०१८ को ‘बल ट्याम्परिङ’...

    Credit the people on this episode